मेगा बैंकबाट खुञ्जेलीको राजीनामा, ‘१२ बर्ष काम गरें, एउटा अध्याय सक्किएजस्तो लाग्यो’

Advertisement

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् ।

सञ्चालक समितिले राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेकोले राजीनामा दिएको बताइए पनि उनले त्यो कुरा भने स्वीकार गरिनन् । समाचारअनुसार सञ्चालक समितिसँग मनमुटाव सुरु भएपछि काम गर्न नसकिने निस्कर्ष निकाल्दै खुञ्जेलीले राजीनामा दिएकी हुन् । 

Advertisement

उनले आफूले राजीनामा दिएर विदामा बसेको कर्पोरेट नेपाललाई बताइन् । खुञ्जेलीले भनिन्, ‘मैले यो बैंकमा काम गरेको पनि १२ बर्ष भयो । आफूले दिनुपर्ने जति दिइहालियो । बैंक पनि २५औं बैंकबाट १२औं बैंकमा छ प्रोफिटमा । एउटा यरा सक्किएजस्तो लाग्यो मलाई ।’

खुञ्जेलीले आफूले गर्नुपर्ने सबै गरिसके जस्तो लागेकाले पनि राजीनामा दिनु ठिक ठानेको बताइन् । उनले सञ्चालक समितिका सदस्यहरुसँग कुनै विवाद नरहेको र सबै आफूसँग खुशी रहेको बताउँदै आफूले राजीनामा दिएपछि ‘तपाईंलाई औंल्याउने कुनै ठाउँ छैन’ भनेर सञ्चालक समितिका सदस्यहरुले बताएको सुनाइन्  आफ्नो पनि सञ्चालक समितिसँग कुनै गुनासो नगेको खुञ्जेलीको भनाई थियो । 

छ महिनाको कुलिङ पिरियड सक्किएपछि कुनै बैंकबाट अफर आए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन, ‘त्यसको लागि सोच्ने प्रशस्त समय छ ।’ नेपालको बैंकिङ इतिहासमा पहिलो महिला बैंकर बन्न सफल खुञ्जेलीले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत हुन भने बाँकी छ । 

Advertisement