व्यवस्थापन संघको निर्वाचनमा व्यक्तिगत र संस्थागततर्फ नविलका पौड्याल र ज्ञवालीलाई बढी मत

Advertisement

काठमाडौं । नेपाल व्यवस्थापक संघ (म्यान)को निर्वाचनमा व्यक्तिगततर्फ ११ र संस्थागततर्फ ६ जना निर्वाचित भएका छन् । शनिबार भएको संघको निर्वाचनमा उनीहरु विजयी भएका हुन् ।

व्यक्तिगततर्फ नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले सबैभन्दा बढी मत पाएका छन् भने संस्थागततर्फ नविल बैंककै मनोज ज्ञवालीले बढी मत पाएका छन् । अध्यक्षका उम्मेदवार समेत रहेका पौड्यालले व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत पाएका छन् । ज्ञवालीले संस्थागततर्फ सबैभन्दा बढी ७३ मत पाएका छन् । 

Advertisement

अध्यक्षका प्रतिस्पर्धीका रुपमा रहेका रमण नेपाल भने सदस्यमै पराजित भएका छन् । उनले व्यक्तिगततर्फ २०२ मत पाए । म्यानको पहिलो कार्यसमिति बैंठकले अध्यक्ष लगायत कार्यसमिति चयन गर्नेछ । मतपरिणामअनुसार उपेन्द्र पौड्याल अध्यक्ष बन्ने करिव निश्चित भएको छ ।

संघको २० औँ कार्यसमितिका लागि निर्वाचन भएको हो । संघमा यसअघि किरण श्रेष्ठ अध्यक्ष थिए । सोही अवसरमा विभिन्न विधाका उत्कृष्ट व्यवस्थापकहरुलाई अवार्ड पनि प्रदान गरिएको थियो । 

Advertisement

Advertisement