खेल क्षेत्रको अन्योलता कसरी हटाउँदै छन् राखेपका सदस्य सचिवले ? घिसिङसँगको कुराकानी

Advertisement

कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिए पनि अपेक्षाअनुसारको गति लिन सकेन । खेलकुदमा उपलब्धिभन्दा राजनीतिक खिचातानी बढी चर्चामा रह्यो । सरकार परिवर्तनसँगै युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भए । त्यसपछि नयाँ सदस्य सचिवको रुपमा टंकलाल घिसिङलाई जिम्मेवारी दिइयो । पूराना सदस्य सचिव रमेश सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला गरिदियो । मंसिरमा सरकारले सदस्य सचिवको जिम्मेवारी दिएपछि रमेश सिलवाल अदालत जाँदा चार महिना खेलकुदको सर्वोच्च निकाय निमित्तको भरमा चल्यो । कोभिड–१९ महामारीका कारण थलिएको नेपाली खेलकुद छिटफुट केही प्रतियोगिता भएपनि सरकारी क्यालेण्डरमा रहेका प्रतियोगिता हुन सकेनन् । गण्डकीमा तय भएको नवौं राष्ट्रिय खेलुकद यो वर्ष हुन सकेन र अर्को वर्षलाई धकेलिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद पोखरामा जेठ २२ देखि २८ सम्म आयोजना गर्ने निर्णय गरेको छ । यो तेस्रो पटक नवौं राष्ट्रिय खेलकुदको मिति तय भएको हो । चीनमा हुने एशियाली हुन पाँच महिना मात्रै बाँकी हुँदा नेपालले प्रतियोगितामा सहभागी विषयमा कुनै छलफल पनि हुनसकेको छैन । सहभागिताका लागि खेलाडी छनोट प्रक्रिया अझै हुनसकेको छैन भने कुन खेलमा कति खेलाडीले सहभागिता जनाउने भन्ने विषय पनि टुंगोमा पुग्न सकेको छैन । यही सन्दर्भमा न्युज एजेन्सी नेपालले घिसिङसँग गरेको कुराकानीको अंशः 

अदालतको फैसलापछि सदस्यसचिवको रुपमा पुनः काम गर्न फर्किनु भएको छ । के के छन् एजेण्डाहरु ?
गत मंसिरमा सदस्यसचिवमा नियुक्त भएसँगै मैले एजेण्डा सार्वजनिक गरिसकेको थिएँ । अहिलेको एजेण्डा भनेको चार महिना पदवाहली हुँदा सार्वजनिक गरिसकेको छु । भर्खरै नियुक्त भएको सदस्यसचिव होइन । मलाई सकारले मंसिर १३ गते नै नियुक्त गरको हो । १४ गतेबाट कार्यक्रम आरम्भको चरणमा पुगेको पनि हुँ । त्यसपछि अवस्था र वातावरण मिलेको थिएन । मेरो कार्यकालमा त्यो चार महिना अगाडि घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न  लागि पर्छु । अहिले मुल रुपमा लामो समयदेखि राष्ट्रिय खेलकुद हुन नसकेको अवस्थामा गण्डकीमा आयोजना हुने गरी निर्णय गरिएको छ । अदालतको निर्णयअघि नै पदमा आउँदा मैले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी पनि मेरो प्राथमिकतामा परेको छ । त्यही अन्तर्गत नवौं राष्ट्रिय खेलकुदको पनि मिति तय भएको छ । म सरकारप्रति कृतज्ञ र अभारी छु । साथै धन्यवाद दिन चाहन्छु । अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने होमिन आग्रह गर्न चाहन्छु ।

Advertisement

मुख्यरुपमा अगाडि सार्नुभएका दुई प्रतियोगिताको अवधि निकै छोटो छ, कसरी सम्पन्न गर्ने योजना बनाउनुभएको छ ?
विश्वभर फैलिएको कोरोना महामारीले खेलकुद क्षेत्रसँगै अन्य क्षेत्रलाई नै अस्तव्यस्त बनायो । यद्यपि पनि केही संघहरुले राष्ट्रिय प्रतियोगिता गरिरहेका थिए । छन् । केही खेलले अन्तर्राष्ट्रिय सहभागिता पनि जनाएका छन् । प्रदेश र स्थानीय तहमा खेलकुदका गतिविधि सञ्चालन भइराखेका छन् । सबै बाहिर आएका छैनन् । उहाँहरुले गरेको प्रतियोगिता जोडेर तयारी थाल्छौं । यो बाटोलाई खुलाउँदै राष्ट्रिय प्रतियोगिताको लागि तयारीमा जुट्नेछु । नवौं राष्ट्रिय खेलकुदको लागि मिति तय भइसकेको अवस्था छ । हामीले नै प्रश्ताव गरेको मितिमा मन्त्रीपरिषद्ले पारित गरेको छ । लामो समयदेखि तयारी गरिरहेका खेलाडीले प्रतियोगिताको पर्खाइमा छन् । खेलाडीले प्रतियोगिता कहिले हुन्छ भन्दै कुर्दा खेलाडी नै थाकिसकेका छन् । ती थाकिसेका खेलाडीलाई नयाँ ताजकि दिनका लागि भए पनि प्रतियोगिता चाँडो भन्दा चाँडो गर्न आवश्यक छ । देशमा आउँदै गरेको निर्वाचनलाई बहाना बनाउनु हुँदैन । स्थानीय तयको निर्वाचन पश्चात् प्रदेश र केन्द्रको आउँछ । कहिलेसम्म निर्वाचनको बहाना बनाउने । यस्तै विषयले खेलकुदका गतिविधि रोकिनु हुँदैन । राजनितिक दलहरुलाई चुनव लागिरहेको अवस्थामा खेलकर्मीहरुलाई राष्ट्रिय खेलकुद लाग्छ । खेलबाट नै राष्ट्रलाई खेलकुदमय बनाउन लाग्नेछौँ ।

नयाँ खेलकुद ऐन लागू भइसकेको छ । ऐन बने पनि धेरै नियमावली बन्न बाँकी छ । यसले पूर्णता कहिले पाउला ?
हामी यसको जिम्मेवार निकाय हौं । यसबारेमा हामीले सम्बन्धित निकायमा पेश गरिसेका छौं । नियामक निकाय, युवा तथा खेलकुद मन्त्रालयले ड्राफ्ट बनाएर अर्थ र कानूनमा सहमतिका लागि पठाइसकिएको छ । सहमति हुनासाथ क्याबिनेटमा पेश गरेपछि यसले अन्तिम रुप पाउनेछ । तर नियमावलीकै कारण ऐन कार्यान्वयनका निमित्त ठूलो समस्या हुँदैन् । ऐन जारी भइसकेको छ । त्यसमा टेकेर काम गर्न सकिने भएकाले काम गर्न कठिन हुनेछैन ।

समय छोटो छ । काम धेरै गर्नु पर्नेछ । यसमा धेरै व्यवस्थापनका काम पनि उत्तिकै छन् । सँगै प्राविधिक कुराहरु पनि जोडिन्छन् । बोर्डले पूर्णता पाउने विषय, सदस्यसचिवको कार्यक्षेत्र सिमित हुँदा कतै काम गर्दा ऐन बाधक बन्छ कि बन्दैन ?
ऐनका ती दफाबार व्यवस्थाहरुलाई म सम्मान गर्छु । संस्थागत अपनत्व नै मूल विषय हो । व्यक्ति त्यो संस्थाले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्ने पात्र मात्र हो । म यहाँ कार्यकारी प्रमुखको रुपमा नियुक्त भएको छु । स्वभाविक रुपमा खेलकुदलाई रितपूर्वक चलाउन नियम हुन्छ । परिषद् चलाउन पनि एउटा नियम हुन्छ । पछिल्लो समय दुई विषयलाई ऐनले व्यवस्था गरेको छ । एउटा सदस्य सचिव आफैं संयोजक रहेको कार्यकारिणी समिति, जसले धेरै निर्णय गर्नसक्छ । दैनिक कार्य सम्पादनदेखि केही महत्वपूर्ण निर्णय लिनसक्छ । बैठक डाक्नका लागि २४ घण्टा अगाडि सूचना दिएर जति बेला पनि बस्न सकिनेछ भन्ने ऐनमा छ । म संस्थागत तरिकाले चलाउँछु । व्यक्तिगत रुपमा म समस्या देख्दिन । म आफैँ संयोजक रहँदा चाहेको अवस्थामा बैठक बोलाउन सकिन्छ । अर्को भनेको परिषद्को बैठक वैशाख १० गतेभित्र राख्न माननीय मन्त्रीसमक्ष प्रस्ताव राखिसकेको छु । अहिलेलाई यति भनेँ । मन्त्रीज्यूको परामर्शमा छिट्टै परिषदको बैठकको मिति आह्वान गर्छु । तर परिषद्लाई कसरी पूर्णता दिने भन्ने ऐनले सदस्य सचिवको क्षेत्राधिकारमा छैन् । सदस्य सचिवको परिषद्को पूर्णता भनेको मन्त्रीज्यू र क्याबिनेटबाट हुने हो । लामो समयदेखि हुन नसकेको परिषद्को बैठकले बोलाउन प्रयास गर्छु । झन्डै २०७५ सालदेखि हुन नसकेको परिषद्को बैठकबाट परिषद्को चलाइरहेका छौं, सदस्य सचिवले कार्यसम्पादन गरिराखेका छौँ । यो कुरा रितपूर्वक, ऐन पूर्वक छैन् । बैठक बस्दा राम्रो हो । कसले ग¥यो, किन ग¥यो भन्नेमा जानु भन्दा पनि बैठक राख्नु मेरो प्रयास हुनेछ ।

नयाँ सरकारको आगमनसँगै राखेपको नेतृत्वमा पनि परिवर्तन भएको छ । पदावधि चार वर्ष भन्दै नियुक्त गरिए पनि नयाँ सरकारले परिवर्तनले असर पार्ने देखियो । चार वर्षे कार्यकाल पूरा गर्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?
सरकार परिवर्तनसँगै सदस्य सचिवको परिवर्तन सामान्य रुपमा पनि लिनुहोला । यसअघि के भयो र कसरी कार्य सम्पादन गर्ने भन्ने विषयमा छलफल नगरौं । ऐन र कानूनले निर्देश गरेअनुसार म कार्यसम्पादनमा लाग्नेछु । कहिलेसम्म रहन्छ भन्ने भन्दा पनि खेलकुदमा मैले राम्रो गरेर अगाडि बढ्ने हो । नयाँ सरकार बनेर कानूनपूर्वक मूल्याङ्कन गर्नुहुन्छ र कानूनपूर्वक गरेको मूल्याङ्कनलाई अन्यथा लिनुभएन । खेलकुद क्षेत्रमा लामो समय बिताएको हिसावले म खेलकुद क्षेत्रको विकासका लागि काम गर्छु । 

Advertisement

Advertisement