बुटवलमा पनि डिशहोम फाइवरनेटको शोरुम

Advertisement

काठमाडौं । डिशहोम फाइवरनेटले बुटवलको मुटु ट्राफिक चोकमा सह–वितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी सोमबारबाट उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । 

डिशहोमका क्षेत्रीय बिक्री प्रवन्धक प्रदीप सुवेदीले रिवन काटेर शोरुमको उदघाटन गरे । कार्यक्रममा उनले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिशहोमको फाइवरनेट सन्तुष्ट प्रयोगकर्ता आठ हजारभन्दा बढि भएको भन्दै यस इन्टरनेछप्रति मानिसहरुको आकर्षण बढ्दै गएको बताए । 

Advertisement

नेपाल इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सका सञ्चालक विवेक गुप्ताले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको र नयाँ शोरुमले अझै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने बताए । 

डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, डिशहोम जडान, डिशहोम सम्बन्धित सम्पूर्ण सेवाको यस शोरुमबाट हुने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement