निर्वाचन परिणामका लागि प्रिक्साको निःशुल्क प्रविधि electionnepal.live

Advertisement

काठमाडौं । आज वैशाख ३० गते भइरहेको स्थानीय निर्वाचनको नतिजा सहज र ताजारुपमा हेर्नका लागि प्रिक्सा टेक्नोलोजिजले  electionnepal.live भन्ने निःशुल्क प्रविधि ल्याएको छ । यसमार्फत निर्वाचन आयोगद्वारा प्रकाशित नतिजालाई द्रुत अपडेट गरिने कम्पनीले जनाएको छ । 

प्रिक्साले सबै सञ्चारमाध्यमलाई निर्वाचनको परिणाम पाठकहरुसँग साझा गर्न सजिलो होस् भनेर यो पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यो प्रविधिमार्फत कुनै पनि सञ्चारकर्मीहरुले निर्वाचनको परिणाम छिटोभन्दा छिटो आफ्नो वेभसाइटमा प्रकाशन गर्न पाउने छन् । 

Advertisement

निर्वाचनको नतिजा आफ्नो वेभसाइटमा प्रकाशन गर्न electionnepal.live मा गएर त्यहाँ भएको एम्बेड कोड कपी गरेर आफ्नो वेभसाइटमा राख्न सकिन्छ । प्रिक्साले यसअघि पनि कोरोना संक्रमितको वास्तविक संख्या अद्यावधिक  गर्न coronanepal.live भन्ने निःशुल्क प्रविधि बनाएको थियो । एक हजारभन्दा बढी संचारकर्मीहरुले आफ्नो वेभसाइटमा यो प्रविधि आत्मसाथ गरेको र दुई लाखभन्दा बढी मानिसले यसलाई शेयर गरेको कम्पनीको भनाई छ । 

electionnepal.live पनि यही उद्देश्य लिएर बनाइएको भन्दै प्रिक्साले यस पोर्टलको माध्यमबाट जनतामा मत परिणामको जानकारी छिटो छरितो प्रवाह गर्न आफूहरुले अहिले सञ्चालनमा आइराखेका सञ्चार माध्यममा निर्वाचन आयोगको तथ्यांकलाई आधार बनाएर सबै ठूला साना सञ्चार माध्यमहरुमा निःशुल्क कोड एम्बेड गर्ने बताएको छ । 

यसले अत्यधिक संख्यामा रहेका संचार माध्यममा फरक फरक डाटा नआउने, जनतामा दुविधा नहुने भन्दै प्रिक्साले आफूहरुले पोर्टलमा निर्वाचन आयोगको आधिकारिक डाटा नै राख्ने व्यवस्था बिलाएको बताएको छ । 

Advertisement

Advertisement