स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधवारदेखि प्रसारण हुने

Advertisement

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को निर्देशनमा रहेको स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधवारदेखि प्रसारण हुने भएको छ । 

सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोको विषयमा औपचारिक जानकारी गराइएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गरे । 

Advertisement

एक दर्जनभन्दा बढी नयाँपुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्ने जनाएको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रश्तुत गर्ने भएका छन् ।

कलाकार केदार घिमिरेले कार्यक्रममा नयाँ आयाम थपेर प्रस्तुत गर्ने बताए  । उनले आगामी दिनमा यसले कमेडीको क्षेत्रमा धेरै सहयोग पुग्ने बताए । 

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, जितु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला लगायतका कलाकारले धेरै आयाम थपेर निर्माण हुन लागेको कमेडी हहब सुपरटि बन्ने भन्दै शुभकामना व्यक्त गरे । 

यसका लागि कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन् । 

Advertisement

Advertisement