टिकट बिक्री नभएपछि सलमान खान सहभागी हुने भनिएको कार्यक्रम यस पटक पनि स्थगित

Advertisement

काठमाडौँ । अभिनेता सलमान खानसहित एक दर्जृन बलिउड कलाकारसहित दशरथ रंगशालामा जेठ १४ मा हुने भनिएको सांगीतिक कार्यक्रम यस पटक पनि स्थगन गरिएको छ । 

‘दबंग टुर रिलोडेड’ नाम दिइएको यस पटकको कार्यक्रममा अपेक्षाकृतरुपमा टिकट बिक्री नभएपछि कार्यक्रम स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । आयोजकले बाहिर भने बर्षाको कारण कार्यक्रम स्थगित गर्नुपरेको तर्क गरेको छ । 

Advertisement

ओडीसी इन्टरटेनमन्ट नामक कम्पनीले आयोजना गर्न लागेको यस कार्यक्रमका लागि सलमान खानसहित बलिउड कलाकारलाई करोडौं रकम खर्चिएर ल्याउन लागिएको थियो । आयोजकले भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति तय गरिने बताएको छ । 

कार्यक्रममा सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतका कलाकार आउने जनाइएको थियो । कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिए पनि टिकट न्यून बिक्री भएपछि आयोजक पछि हटेको हो ।

मितिः २०७९–०२–१० 

प्रेस विज्ञप्ति   

ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा यही  २०७९ जेष्ठ १४ गते काठमाडौमा दबाङ्ग द टुर रिलोडेड कार्यक्रम तय भएको हामी सबैलाई थाहा नै छ ।

नेपालमा जेष्ठ १५ गते को बजेटले गर्दा केन्द्रिय सरकारको व्यस्तता निकै बढेको बेला स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा समेत परेको प्रभाव र वर्षाका कारण हाललाई कार्यक्रम अर्को मितिको लागि सार्न लागिएको छ ।

सो कार्यक्रममा सलमान खानसहित आउने स्वदेशी र बिदेशी कलाकारहरूमध्ये चर्चित भारतीय नायिका सुश्री ज्याकलिन फर्नाडिजमाथी लागेको एक मुद्दाको क्रममै भारत सरकारले देश छोडन प्रतिबन्ध लगाएको सन्दर्भमा वहाँले नेपालको इभेन्टमा आउनलाई अदालतमा दिएको निवेदनमाथि सकारात्मक निर्णय आएन ।

तर नेपालमा हामीले सुश्री ज्याकलिन फर्नाडिजको फोटो राखेर होर्डिङ बोर्ड बनाएको, पोष्टर टासेको, टिकट बेचेको परिप्रेक्ष्यमा अहिले मुम्बईको टिमले वहाँको सट्टामा प्रजा हेगेडेलाई पठाउने निर्णय गरेको छ ।
तर नेपालमा अचानक कलाकार परिवर्तनबारे टिकट  काट्ने आदरणीय  दर्शक महानुभावहरुलाई नयाँ अभिनेत्रीको सन्दर्भमा शो हेर्ने वा नहेर्ने संविधानतः अधिकार अनुसार राईट अफ च्वाईसको अवसर दिनुपर्ने देखियो । यदि कसैले अभिनेत्री परिवर्तनको बिषय मन नपरेर टिकट फिर्ता लिन चाहेमा हामीले कम्तीमा २ हप्ता म्याद दिएर कलाकार परिवर्तनबारे सार्वजनिक सुचना दिनुपर्ने कानुनी सल्लाहकारको राय सुझाव आयो । करोडौं खर्च गरेर कार्यक्रम तयारीको लागि २८ वटा ट्रक भारतीय सिमानामा पुगेको तर लामो बिदाले सोचे अनुरुपको भन्सार अनुमती पत्र प्राप्तिमा भएको ढिलाइ, प्रतिकुल मौसमको कारणले १० वटा ट्रक समेत रोकिएको र विभिन्न प्राविधिक कारण हामीले कार्यक्रम सार्ने निर्णय मन्त्रालय, प्रशासन, भारतीय  प्रोडक्सन र आरट्रीस्ट टोलिको  सुझावमा गरेको छौ।  

यो कार्यक्रम आयोजना गर्न हाम्रो निकै लगानी भइसकेको अवस्थामा हामीले  नेपालको कानुनअनुसार  नियम  बमोजिम चल्न यो निर्णय गरेकोले  हाम्रो समस्यालाई  बुझिदिन आग्रह गर्दछौं । अब नयाँ मितिमा चाडै हुने कार्यक्रममा यहि टिकटले मान्यता पाउनेछ । तर टिकट निरन्तर गर्न नचाहनेले दर्शकज्युले आफ्नो टिकट लगेर रकम सम्बन्धित प्रभु टेक्नोलोजीमा पूर्ण लक भएर बसेको रकमबाट ससम्मान फिर्ता लैजान आग्रह गर्दछौं ।  यो टिकट  फिर्तामा कुनै समस्या  आएमा  हाम्रो नम्बर ९८१३१७४८८८ मा फोन गरेर निःशुल्क रकम फिर्ताबारे जानकारी लिन वा केन्द्रिय कार्यालय लाजिम्पाटमा आउन समेत आग्रह  गर्दछौं । 

नेपालको पर्यटनलाई उकास्न दबङ्ग टुर द रिलोडेडको नयाँ मिति चाडै तय गर्दै अनि वर्षा नभएको र रङ्गशाला खाली भएको मिति तोक्न कम्पनीका संस्थापक एव एमडीहरुलाई भारतीय पक्षले निमन्त्रणा गरेकोले  वहाँहरुले भारतबाट नयाँ मिति चाडै सार्वजनिक गर्नुहुनेछ । हामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद छ।

सचिवालय
दबाङ्ग द टुर रिलोडेड
लाजिम्पाट, काठमाडौ

Advertisement

Advertisement