निशेष धितालको ‘हावाको लहर’ म्युजिक भिडियो सार्वजनिक

Advertisement

काठमाडौं । गायक निशेष धिताल (तृप्त) को  ‘हावाको लहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।

युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतको लेखन र गायनसँगै म्युजिक भिडियो कम्पोज पनि गायक धितालले नै गरेका छन् । गीतमा सोनिया श्रेष्ठ (सुशी) को पार्श्र्व स्वर रहेको छ । 

Advertisement

सिजेन सापकोटाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा सुमन कोइराला, श्रेयांश स्थापित, सुलभ स्थापित र सीता विष्टले अभिनय गरेका छन्।

म्युजिक भिडियो गायक धितालको युट्युब पेज ‘तृप्त अफिसियल’ बाट सार्वजनिक गरिएको हो ।

‘काल्पनिक कथा’ ले उत्पादन गरेको उक्त म्युजिक भिडियो आरडिएक्स क्याफे, पातलेवन रिसोर्टलगायत स्थानमा छायांकन गरिएको छ ।

भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

https://youtu.be/ofVLeCS4jhc

Advertisement

Advertisement