सामाजिक सन्देश प्रवाहका लागि किङ्स कलेजद्वारा शिल्पीमा नाटक मञ्चन

Advertisement

काठमाडौं । किङ्स कलेजले विद्यार्थीमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ शिल्पी थियटरमा ‘त्रयम्’ शीर्षक नामक नाटक मञ्चन गरेको छ ।यही जेठ २० देखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुचि एवं चासो राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजको भनाई छ । 

कलेजका विद्यार्थीहरुद्वारा मञ्चित यस नाटकले आलंकारिक रुपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझ गरी दैनिक तीन चरणमा प्रदर्शन भइराखेको छ । नाटकले महिलाको आवाजलाई उजागर गर्नुको साथै हाल नेपालमा महिलाको अवस्था तथा सो अवस्थामा परिवर्तन ल्याउन उनीहरुको अपेक्षित प्रतिनिधित्वलाई विशेष जोड दिएको छ । 

Advertisement

व्यवसायिक नाट्य कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन गरेको उक्त नाटकमार्फत व्यापार एवं उद्यमशिलताको शिक्षामा सिर्जनशितला, साहित्य तथा नविनताका अवयवहरुलाई कसरी मिश्रण गर्न सकिन्छ ? भनेर प्रयोगात्मक ढंगबाट परिक्षण गर्न र सोही अवधारणालाई अगाडी सारिएको नाटक संयोजक दीक्षित भट्टले जनाकारी गराए । 

साथै, कलेजले यसै वर्षदेखि संचालनमा ल्याएको बिबिए इन अप्लाईड आर्टस् एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने कलेजको भनाई छ । कलेजका प्राधानाध्यापक नरोत्तम अर्यालले हालसम्म व्यापार शिक्षाको क्षेत्रमा मानवीय–मूल्य मान्यतालाई नकार्ने परिप्रेक्षमा विद्यार्थीहरुलाई व्यापार व्यवसायमा कला, साहित्य, सिर्जनशिलता तथा नविनताका साथै मानवीय भावनालाई संलग्न गराइ व्यवसायिक जीवन सफल बनाउन सिकाउने उद्देश्य राखि बिबिए इन अप्लाईड आर्ट एण्ड डिजाइन कार्यक्रम संचालनमा ल्याइएको बताए । 

बिहीबार अन्तिम प्रदर्शनी हुने उक्त नाटक हालसम्म करिब पाँच सय जनाभन्दा बढी दर्शकहरुले हेरिसकेका छन् । 
 

Advertisement

Advertisement