नेपालले मलेसियालाई हरायो, तर यू– १९ विश्वकपमा खेल्न नपाउने

Advertisement

काठमाडौँ । मलेसियामा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले हराएको छ । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनायो । 

मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिक २८ रन जोडे पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा अन्तिम खेल नेपालका लागि सुखद भएको हो । जित निकाले पनि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालकी कप्तान कृतीका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् । मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।

Advertisement

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभर खेल्दा सात विकेट गुमाएर ८६ रनको योगफल बनाएको थियो । नेपालकी अञ्जली विश्वकर्माले ३३ रन बनाउँदा आश्मा पुलामीले २६ रन बनाइन् । पहिलो खेलमा कतारलाई हराएको नेपालले दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो । तर, तेस्रो खेलमा भुटानलाई हराउन सफल भए पनि चौथो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

अहिलेको प्रतियोगितामा नेपाल, यूएई, थाइल्यान्ड, भुटान र कतार सहभागी थिए । शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यू– १९ विश्वकप खेल्नेछ । अंकअनुसार यूएई र थाइल्याण्डले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् । 

Advertisement

Advertisement