नेपाल टेलिकमले सञ्चालनमा ल्यायो ‘एनटीटीभी एप’, निःशुल्करुपमा च्यानलहरु हेर्न सकिने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने ‘फ्रि टू एयर’ सुविधा भएको ‘एनटीटीभी एप’ सञ्चालनमा ल्याएको छ । 

यो एप्लिकेशन जेठ २४ गतेबाट परीक्षणको रुपमा ल्याइएको र एन्ड्रोइड फोनको ‘प्ले स्टोर’ तथा एप्पल फोनको ‘एप स्टोर’ मा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । 

Advertisement

एपको प्रयोगमार्फत नेपाली टेलिभिजन च्यानलहरुलगायत अन्य विभिन्न टेलिभिजन च्यानल प्रत्यक्ष हेर्न सकिने छ ।ग्राहकले एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि एप प्रयोग गर्न सक्नेछन् । 

साथै, आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सक्नेछन् । अहिले एपमा भएको च्यानलहरु हेरेवापत छुट्टै शुल्क तिर्नुनपर्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 
 

Advertisement

Advertisement