आयोजनालाई पर्याप्त बजेट नदिने, तर बर्षौसम्म जग्गा रोक्का गर्ने काम गरेको भन्दै लिङदेन रुष्ट

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरूवा खण्डमा पर्ने जग्गाहरु रोक्का राखेकोमा आपत्ति जनाएका छन् । 

संसदको शुक्रबारको बैठकको शून्य समयमा उनले रेलमार्गका लागि आवश्यक पर्ने ६०५ हेक्टर जमिनका लागि ६०५ हेक्टर मात्र नभई सम्बन्धित कित्ताका सबै जग्गाहरुसमेत रोक्का गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

Advertisement

लिङदेनले रेलमार्ग निर्माण कार्य अगाडि नबढेको तर मानिसका जग्गा रोक्का राखिएको भन्दै फुकुवा गर्न मागसमेत गरे । उनले भने, ‘काम कुनै अगाडि बढेको छैन् । तर त्यसको मुआब्जाका लागि मात्रै रु. २५ अर्ब आवश्यक पर्ने भनिन्छ । तर रकम चाहीं एक अर्ब मात्र व्यवस्था गरिएको छ । यही हिसाबले हो भने मुआब्जा दिँदै जाँदा २५ वर्ष लाग्ने देखिन्छ। यो काम नहुने प्रयोजनका लागि जग्गा रोक्का राख्नु भएन् । जग्गा फुकुवा गर्दिनुपर्यो भन्ने माग गर्दछु ।

Advertisement

Advertisement