सरकारले आन्तरिक ऋण बढी लिएका तरलता संकट आएको हो, यसको सीमा तोक्नुपर्छः पुन

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन् । शुक्रवार संसदको अर्थ समितिमा सउनले पछिल्लो समय आन्तरिक ऋण अत्याधिक रुपमा बढेकोले सीमा राख्नुपर्ने बताएका हुन् । 

पुनले विगतमा मुलुकको कुल गार्हस्थ उत्पादनको २.५ रहेकोमा अहिले ५ प्रतिशत भन्दा बढी पुगेको बताउँदै आन्तरिक ऋण वृद्धि भएकै कारण पछिल्लो समय बजारमा बैंकिङ तरलता संकट भएर निजी क्षेत्रले ऋण पाउन नसकेको बताए । 

Advertisement

उनले वैदेशिक ऋणलाई उत्पादनमुलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको नीतिको समर्थन गरे । पुनले भने, ‘१२ खर्ब वैदेशिक ऋणको कुरा रहेको छ । त्यसमा वान थर्ड भन्ने आएको छ । एक तिहाइमा नबढ्ने गरी यो ठिकै जस्तो देखिन्छ । यसको दफाहरुमा वृहत छलफल गरौंला । आन्तरिक ऋणमा पनि सीमा हुनुपर्ने हो । अहिले आन्तरिक ऋण धेरै उठिरहेको छ । जिडिपीको २.५ प्रतिशतमा बस्ने गरेको थियो । अहिले ५ प्रतिशत भन्दा बढी भएको छ । हाम्रो समस्या यहाँ रहेको छ । यसले तरलता अभाव हुने, नीति क्षेत्रले ऋण नपाउने समस्या हुन्छ । वैदेशिक ऋणमा उत्पादनमूलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्छ भन्ने कुरा सही रहेको छ ।’

Advertisement

Advertisement