अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको जीवनमा आधारित ‘डलर एयूडी’ फिल्म बन्ने

Advertisement

काठमाडौं । एसाप इन्टरटेनमेन्ट नेपाल र अष्ट्रेलियास्थित कम्पनी मिलेर डलर एयूडी नामक फिल्म बनाउने भएका छन् । बिहीबार राजधानीमा आयोजित एक प्रेस भेटघाटमा उक्त फिल्म बनाउने घोषणा गरिएको हो । 

कार्यकारी निर्माता सन्तोष अधिकारी र निर्देशक देवकुमार श्रेष्ठ रहने उक्त फिल्मले अष्ट्रेलियामा पढाई वा कामको सिलसिलामा बसोबास गर्दै आएका नेपालीहरुको समस्यामाथि प्रकाश पार्ने जनाइएको छ । 

Advertisement

फिल्मको मुख्य उद्देश्य नेपाली र नेपालको परम्परालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनु रहेको भन्दै फिल्म निर्माता पक्षले पूरै अष्ट्रेलियामा नै फिल्म सुटिङ हुने बताएको छ । 

फिल्मका सहनिर्माता अन्जना अधिकारी, अरुण श्रेष्ठ र तृष्णा गुरुङलगायत छन् भने फिल्म अमैरा प्रोडक्सन्सको ब्यानरमा बन्न लागेको हो । फिल्मको सुटिङ भने आगामी जुलाईको मध्यदेखि सुरु गर्ने जनाइएको छ । 

Advertisement

Advertisement