नुवाकोटमा एक जना बिजुलीको तारमा झुण्डिएर बसेपछि प्रहरी र स्थानीय हैरान

Advertisement

काठमाडौं । नुवाकोटमा एक जना मानिस विद्युतको पोलमा झुन्डिएका प्रहरी र स्थानीयलाई हैरान बनाएका छन् । मानसिक सन्तुलन ठिक नभएको भनिएका उनी हाइटेन्शन लाइनको पोलमा चटेर तारमा झुण्डिएका हुन् । 

शनिबार बिहान करिब १० बजेदेखि उनी विद्युतको पोलमा चढेर तारमा झुण्डिदै यताउता गर्दा उनलाई झार्न प्रहरी र स्थानीयले हारगुहार गरेका थिए । 

Advertisement

ककनी गाउँपालिका ७ मा रहेको ठूलो लाइनमा उनी चढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको भनाई छ । उनी बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्।   

स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको र उनलाई झार्ने प्रयास भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement