एसिसि महिला टी–२० च्याम्पियनसिपः खाली हात फर्किन्नौंः कप्तान क्षेत्री

Advertisement

काठमाडौं । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ । 

एशिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको हो । पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताए । 

Advertisement

मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले नेपाली वर्षा यामलाई छल्दै अभ्यास गरिरहेको छ । मौसम प्रतिकुल भएपनि टोलीले अनुकुल अनुसार अभ्यासलाई तीब्रता दिइरहेको छ । 

पछिल्ला पटक सम्पन्न युगाण्डासँगको श्रृंखलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ । सोही श्रृंखलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ । मुख्य प्रशिक्षक जगत टमाटाले मौसम चुनौती भएपनि अभ्यासलाई निरन्तरता दिइरहेको बताउनु भयो । फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको बताए । 

उनले भने, ‘युगाण्डासँगको श्रृंखलापछि एकदिन बिराएरले हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौं । फिटनेस र फिल्डिङमा भएको समस्यामा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौं । मौसम चुनौती भएपनि पानी नपर्दा मैदान उत्रिएर अभ्यास गरेका छौं भने बर्षा हुँदा हामीले इन्डोरमा अभ्यास गरेका छौ । यति धेरै मिहिनेत हामीले नतिजाका लागि गरिरहेका छौं । पाँच–पाँच घण्टा सधैँ अभ्यास गरिरहेका छौं । जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ । यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्नसकेका छौं ।’

एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ । 

नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह एमा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । सहभागी टोलीमध्ये नेपाललाई चुनौती दिने हङकङ भएको प्रशिक्षक टमाटाको बुझाई छ । सन्तुुलित टोली नेपाली टोली बलियो पक्ष भएकाले च्याम्पियन हुने उनले आशा व्यक्त गरे । 

त्यसतै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले केही साताअघि सिनियर टोलीबाट युगाण्डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनन् । यद्यपि क्यानले उनलाई उजागर गर्न सिनियर टोलीसँग अभ्यासको मौका दिइरहेको छ । आवश्यक पर्ने कागजात नपुगेको भन्दै उनी हाल टोली भन्दा बाहिर छिन् । युगाण्डासँगको श्रृंखलाले नेपाली टोलीको स्तर छुट्याइदिएको भन्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले सोही कमी कमजोरीमा अभ्यास गरेको बताइन् । 

उनले भनिन, ‘युगाण्डासँगको खेलपछि हाम्रो स्तर देखियो । कमीकमजोरी थाहा पायौं । त्यही कमीकमजोरीलाई सुधार गरिरहेका छौं । त्यसका लागि हामीसँग अहिले ट्रेनर पनि हुनुहुन्छ । आजको मितिसम्म पनि हामीले फिटनेसमा ध्यान दिइरहेका छौं । आगामी खेलमा फिटनेसको समस्या कभरअप हुनेमा म विश्वस्तु छु । सबैले आ–आफ्नो ठाउँबाट खेल सुधारका लागि प्रयास गरिरहनुभएको छ । साथै स्किल र ब्याटिङ पक्षमा सुधारका लागि टोलीले मिहिनेत गरिरहेको छ । साथै मैदानको मिहिनेतले पनि टोलीका सदस्यमा गम्भीरता आएको महशुस गरेको छु ।’

कप्तान क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौती पूर्ण भएको बताइन् । उनले नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आपूmमा चोट लागेको भन्दै अब ट्रफी लिएर स्वदेश फर्किने प्रतिवद्धता जनाइन् । त्यसका लागि खेलाडीले गरेको र कमी कमजोरी सुधार गरेको पनि क्षेत्रीको दावी छ । 
 
समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिष्पर्धा गर्नेछन् । समूह चरणको प्रतिष्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशियाकपमा छनोट हुनेछन् । 

छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन् । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानबिरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइनबिरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।

Advertisement

Advertisement