विद्युत खपत झण्डै चार गुणा कम हुने एलजीको लोकप्रिय ड्युल इन्भर्टर एसीमा अब वाईफाई प्रविधि

Advertisement

काठमाडौं । विद्युत खपत निकै कम गर्ने एलजीको नयाँ प्रविधिको ड्युल इन्भर्टर एसी (एयर कन्डिस्नर) अहिले उपभोक्तामाझ निकै लोकप्रिय बन्न पुगेको छ । 

यसअघिका सामान्य एसीको तुलनामा ड्युल इन्भर्टर एसीले विद्युत बचत ७० प्रतिशतभन्दा बढी गर्ने भएकाले नै माग निकै बढेर गएको सिजी इलेक्ट्रोनिकस्का उपमहाप्रवन्धक (सेल्स) पुरुषोत्तम भण्डारीको भनाई छ । 

Advertisement

उनी भन्छन्, ‘वास्तवमा भन्ने हो भने एलजीको ड्युल इन्भर्टर एसीले एक खालको क्रान्ति नै ल्याएको छ । नर्मल इन्भर्टर एसी दैनिक आठ–दश घण्टा चलाउँदै मासिक चार हजारभन्दा बढी विद्युत महशुलको भार पथ्र्यो । ड्युल इन्भर्टर प्रयोग गर्दा विद्युत महशुल सरदर एक हजार मात्रै पर्छ । यसमा अरु पनि विशेषता छ जसका कारण बजारमा मानिसहरुले एकदमै मन पराउनु भएको छ ।’

के के छन् विशेषता ?
ड्युल इन्भर्टर एसीमा विद्युत खपत कम हुनेसँगै अरु पनि विशेषताका कारण लोकप्रिय हुन पुगेको हो । जाडो तथा गर्मी दुवै मौसमका लागि उपयुक्त ड्युल इन्भर्टर एसी वाईफाइमार्फत आफ्नो अनुकुलतामा सञ्चालन हुन्छ । 

पहिला इन्भर्टर एसी नहुने भएकाले सामान्य एसीहरु मात्रै पाइन्थ्यो । तर एलजीले इन्भर्टर एसीमै जोड दिँदै आयो । तर इन्भर्टर एसीमा विद्यत महशुलको भार धेरै हुने भएकाले उपभोक्ताले कम खर्चियो प्रविधिको खाजी गर्दै आएका थिए, जसलाई एलजीले पूर्ति गर्ने काम गरेको छ । सामान्य एसीको तुलनामा ड्युल इन्भर्टर एसीमा झण्डै चार गुणा विद्युत खपत कम हुँदा उपभोक्तालाई आर्थिक राहत मिलेको छ । 

विद्युत खपत कम हुने विशेषताका कारण ड्युल इन्भर्टर एसी निकै चल्न थालेको बेला एलजीले त्यही हौसलाका बीच वाईफाईबाट पनि एसी चल्ने नविन प्रविधि थप गरेको भण्डारीले बताए । उनले भने, ‘यो भर्खर थपिएको टेक्नोलोजी हो । मानौ म घर गइरहेको छु र केही समयमा पुग्दैछु भने नपुग्दै वाईफाईबाट एसी अन गरेर कोठाको तापक्रम आफूअनुकूल बनाउन सक्नुहुन्छ । अरु एसीमा जस्तो कोठामा पुगेर एसी अन गरेर खलखली पसिना काट्दै कुरेर बस्नु पर्दैन् । घरबाहिर निस्किएपछि पनि आफ्नो एसीलाई वाईफाईमार्फत अपडेट गर्न सकिने भयो । आफूले चाहेको बेलामा अपडेट गर्न पाइयो, जहाँसुकै बसेर अपडेट गर्न पाइयो । विद्युत खपत पनि निकै कम हुने भयो । समय पनि बचत भयो ।’ 


अधिक विद्युत खपत कम गर्ने उद्देश्यले ल्याएको ड्युल इन्भर्टर एसीबाट राम्रो प्रतिक्रिया आएपछि एलजीले अरु विशेषताहरु थप्दै गएको बताउँदै भण्डारीले एलजीको उद्देश्य उपभोक्ताको जीवनशैलीलाई सहज बनाउनु रहेको बताए । उनले भने, ‘एलजीको जुनसुकै प्रोडक्टले उपभोक्ताको जीवनशैलीलाई सहज बनाउने भन्ने हो । सहजरुपमा यसको उपयोग गर्न सकुन भन्ने हो । ड्युल इन्भर्टर एसी र यसमा थपिएका प्रविधिको उद्देश्य पनि त्यही हो ।’ 

वाईफाईबाट यो एसी सञ्चालन गर्न थिङयू एप डाउनलोड गरेपछि मोवाइलबाट जुनसुकै स्थान तथा समयमा वाईफाईलाई आफूअनुकूल अपडेट गर्न सकिन्छ । यसमा प्रयोग भएको दुई वटा इन्भर्टरले चाँडै तातो वा चिसो गर्न सक्छ । आफूले चाहेको तापक्रम अपडेट गरेको चारदेखि पाँच सकेण्डमा प्राप्त गर्न सकिने यो एसी सामान्य एसीभन्दा करिव १० प्रतिशत महंगो भने हुन्छ । तर यसबाट हुने विद्युत बचतको तुलनामा नगन्य मात्रै हो । 

भण्डारीले एसी भन्नेबित्तिकै चिसो बनाउन मात्रै प्रयोग हुने हो भन्ने धेरैको बुझाइ रहेको बताउँदै तर एलजीको ड्युल इन्भर्टर एसीले तातो र चिसो दुवै बनाउने भएकाले नेपालका हिमालदेखि तराईसम्मका लागि उपयोगी रहेको बताए । सिजी इलेक्ट्रोनिक्टसँग एलजीका एसीको तीन वटा मोडल छन् । 

एसीको जडानमा उपभोक्तालाई एकदमै समस्या हुने भएकाले आफूहरुले जडान निःशुल्क गर्ने गरेको बताए । निःशुल्क जडान गरिदिएर सञ्चालन गर्ने विधि सिकाएपछि उपभोक्ताका साथै आफूहरुलाई पनि समस्या नहुने अनुभव भण्डारीले सुनाए । उपभोक्ताले आफै मानिस खोजेर एसी जडान गर्दा तीन हजारदेखि ३५ सयसम्म ज्याला लिने गर्छन् । देशभर नै उपभोक्ताले किनेको २४ घण्टाभित्र आफूहरुले एसी जडान गरिदिने गरेको भण्डारीले बताए । 

विगत ३८ बर्षदेखि एलजीका सामानहरु नेपालमा बिक्री हुँदै आएको छ । चौधरी समूह देशको ठूलो व्यवसायिक सञ्जाल भएको र प्रतिष्ठित समूह भएकाले पनि नयाँ प्रविधिका सामानहरु ल्याउँदा उपभोक्ताले विश्वासका साथ सामान किन्ने गरेको बताउँदै उनले आफूहरुले बिक्री सञ्जालमार्फत मेचिदेखि महाकालीसम्म एलजीका सामानहरु पुर्याउँदै आएको बताए । सिजी लेक्ट्रोनिक्टसको प्रोडक्ट बास्केटभित्र एलजीका ओलिड टिभी, यूएसडी टिभी, रेफ्रिजिरेटर, वासिङ मेशिनलगायतका थुप्रै सामानहरु रहेका छन् ।

Advertisement

Advertisement