जापानमा बस्दै आएको परिवारको सात करोडको जग्गा किर्ते गरी ठगी गर्नेहरु पक्राउ

Advertisement

काठमाडौं । जापानमा बस्दै आएको परिवारको जग्गा किर्ते गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । किर्तीपुर नगरपालिका २ मा रहेको शान्तिदेवी लोहनीको जग्गा किर्ते गरी ठगी गर्नेहरु पक्राउ परेका हुन् । 

लोहनीको परिवार विगत २४ बर्षदेखि जापानमा बसोबास गर्दै आएका थिए । उनीहरु बेलाबखतमा नेपाल आउने क्रममा २०६१ माघ १३ मा उक्त ठाउँको कित्ता नं. ३४४ को क्षेत्रफल ३६१.९५ वर्गमिटर रहेको जग्गा खरीद गरी पुनः जापान गई २०७९ जेठ ५ मा नेपाल आए । 

Advertisement

नेपाल आएर मालपोत कार्यालय कलंकीमा गएको जेठ १३ गते सक्कल पुर्जा देखाई बायोमेट्रिक प्रणालीबाट अभिलेखन गर्ने क्रममा सो जग्गा लोहनीको नामबाट मृत्यु नामसारी भई २०७७ पुस १५ गते निजको श्रीमान तारानिधि लोहनीको नाममा गएको र त्यसपछि उक्त जग्गा तारानिधिबाट २०७७ फागुन १० गते बिक्री भई सुनिता कर्माचार्यको नाममा सरेको देखिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उक्त जग्गा सक्कल जग्गाधनी प्रमाण पुर्जाविना नक्कली तारानिधिले शान्तादेवीको कागगतिले मुत्यु भएको र निजको शेषपछिको हकवाला म हुँ भनी शान्तादेवीको किर्ते मृत्यु दर्ताको प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, तारानिधिको नक्कली नागरिकता प्रमाणपत्र मालपोत कार्यालय कलंकीमा पेश गरी २०७७ पुस १५ गते शान्तादेवीको नामबाट तारानिधिका नाममा जग्गा नामसारी गरेको सो जग्गा नक्कली तारानिधिले भक्तपुर नगरपालिका ११ बस्ने सुनिता कर्माचार्यलाई तीन करोड ७० लाख रपियाँमा २०७७ फागुन १० मा बिक्री गरेको हुन् ।

शान्तिदेवीले आफ्नो जग्गा अर्कैको भइसकेको थापा पाएपछि यही असार १ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि अनुसन्धान गर्ने क्रममा दार्चुलाको साविक उकु गाविस वडा नं. ६ घर भई हाल मालिकार्जुन गाउँपालिका ७ घर भई हाल टोखा नगरपालिका ८ बस्ने ५२ बर्षीय महावीर चन्दले नक्कली तारानिधि भएर उक्त काम गरेको पाइएको हो । 

उक्त कार्य गर्न निजगले जिल्ला प्रशासन कार्यालय लम्जुङ उल्लेख गरिएको किर्ते नागरिकता प्रमाणपत्र बनाएको पाइएको छ । चन्दले सात करोड रुपियाँ बराबरको किर्ते गरी ठगी कार्य गरेको भन्दै प्रहरीले निजलाई असार १ गते चितवनबाट पक्राउ गरेको हो । चन्दमागि आवश्यक कानुनी कारवाही अघि बढाइएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । सोही कार्यमा नक्कली तारानिधिलाई सघाउनेमा सिन्धुपाल्चोक थकनी ३ घर भई हाल सुनाकोटी बस्ने बर्ष ४१ का गणेश खनाल, सोलुखुम्बु नेले ४ घर हाल बुढानिलकण्ठ २ बस्ने बाबुराम कार्की, नुवाकोट दाङसिङ  घर भई हाल बनस्थली बस्ने बर्ष ४६ का प्रेम खनाल र तारकेश्वर २ घर भई हाल वनस्थली बस्ने ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन् । उनीहरु सबै चितवनबाट पक्राउ परेका हुन् ।

Advertisement

Advertisement