‘चिसो मान्छे’ हेर्न नेताहरुलाई पनि रहर

Advertisement

काठमाडौं। नयाँ नेपाली चलचित्र ‘चिसो मान्छे’ हेर्न नेताहरुमा पनि रहर जागेको छ । आज यो फिल्म हेर्न उपपराष्ट्रपति नन्दबहादुर पुनदेखि एमाले नेता योगेश भट्टराईसम्म फिल्म हल पुगे । 

पुनले कमलपोखरीस्थित बिग मुभिजमा यो फिल्म हेरेका हुन् । त्यस्तै, अभिनेत्री दिपाश्री निरौला, गायक सोनाम टोपडेन लगायत पनि चिसो मान्छे हेर्न पुगेका थिए । 

Advertisement

निर्देशक दीपेन्द्र के खनालले निर्देशकको गरेको यो फिल्ममा अर्पण र स्वस्तिमाको मुख्य भूमिका छ । फिल्मले कतारबाट ल्याइएको शवलाई कोभिड लकडाउनको बीचमा काठमाडौंदेखि बाजुरासम्म लैजान तय गरिएको यात्रालाई प्रस्तुत गरेको छ । 

वैदेशिक रोजगारीको सामाजिक आयाम र कोभिड लकडाउनले आममानिसमा पारेको असरलाई मुख्य विषयवस्तु बनाएको यो फिल्मलाई धेरैले मन पराएको देखिएको छ । 


 

Advertisement

Advertisement