एसीसी महिला टी–ट्वान्टीः बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

Advertisement

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपालले बहराइनलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । जबकी नेपालले एक खेल खेल्न पाउँछ । 

वर्षाको कारण ७ ओभरमा छोट्याइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनयो । नेपालका लागि कविता कुँवर र सवनम राईले २–२ र अस्मिना कमाचार्यले १ विकेट लिए । 

Advertisement

नेपालले १५ रनको लक्ष्य २ विकेट गुमाउँदै ३ दशमलव ४ ओभरमा पूरा गर्न सफल भयो । नेपालका लागि सीता रानामगरले ४, कविता जोशीले ३ रन लिए भने अतिरिक्त ८ रन प्राप्त भयो । 

समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । लगातार तीन जितसँगै नेपाललाई छ अंकसहित समूह चरण पार गर्न सहज भएको हो । समूह चरणको अर्को खेल पनि जिते नेपालले अंक आठ पुग्ने छ । 

Advertisement

Advertisement