बजेटबारे वामदेव गौतमः सबै राम्रा कार्यक्रम छन्, विरोध गर्न पनि मन लाग्दैन, तर दृष्टिकोण नै छैन्

Advertisement

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको भन्दै चिन्ता प्रकट गरेका छन् । 

संविधानबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी हरेक गतिविधि गर्ने प्रतिवद्धता जनाउँदै आएको सरकारले कृषि क्षेत्रको बजेटमा भने त्यसतर्फ कुनै पनि दृष्टिकोण पुर्याउन नसकेको उनको गुनासो छ । सोमबार राष्ट्रियसभामा गौतमले कृषि क्षेत्रका लागि छुट्टयाएको बजेटले त्यसको आधा कार्यक्रम पनि लागू गराउन सक्ने अवस्था नरहेको बताए । 

Advertisement

उनले सरकारले कृषि क्षेत्रको विकासका लागि राम्रो कार्यक्रम ल्याए पनि त्यसका लागि बजेटको व्यवस्था गर्न नसकेको पटकपटक दोहोर्याए । गौतमले भने, ‘समाजवाद उन्मुृख सामाजिक–आर्थिक रुपान्तरण गर्ने र त्यसबाट समृद्ध समाजवाद प्राप्त गर्ने संविधानमा पनि लेखिएको छ । सरकारले हर ठाउँमा त्यो कुरा उल्लेख गरेको छ । हामी त्यो बाटोमा जान्छौं भनेर भनेको छ । तर, बजेटलाई हेर्दाखेरी विनियोजन शीर्षकलाई हेर्दाखेरी मैले एउटा पनि कार्यक्रम समाजवाद उन्मुख भएको ठानिन । सबै राम्रा कार्यक्रमहरु छन । विरोध गर्न मन लाग्दैन । तर त्यसलाई हेर्दाखेरी दृष्टिकोण नै छैन् ।’ 

उनले थपे, कृषिलाई कसरी विकास गर्ने हो ? कुन ठाउँमा परिवर्तनको सुरुवात गर्ने हो ? भन्ने छैन । जति कार्यक्रमहरु आएका छन । ५५ अर्व ९७ करोड त्यसको आधा पनि कार्यक्रम लागू गर्नका लागि पर्याप्त छैन् बजेट । यसमा साँच्चीकै एक वर्षभित्र काम गर्ने हो भने त्यसमा ८–९ खर्व खर्च हुन्छ । तब मात्रै यी सबै कार्यक्रमहरु लागू गर्न सकिन्छ । त्यसो भएर यो दृष्टिकोण विहीन छ । हामीले संविधान निर्माण गर्दाखेरी नै सामाजिक–आर्थिक रुपान्तरण गरेर समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भन्यौं । यो गठबन्धन भएकाले यस्तो भन्ने पनि छैन । किनभने संविधानले नै त्यो बाटो अवलम्बन गर्ने भनेपछि त्यस अनुसार आउनुपथ्र्यों । तर त्यसका लागि दृष्टिकोणको अभाव भयो ।’

सांसद गौतमले कृषि क्षेत्रको विकास नभई मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न नसकिने उल्लेख गर्दै त्यसै अनुसारको बजेट ल्याउने काममा सरकारसँग दृष्टिकोणको अभाव रहेको बताए । 

Advertisement

Advertisement