एनआरएनएले काठमाडौंमा ट्राफिक लाइट, सार्वजनिक शौचालय बनाउन बालेनसँग सहकार्य गर्ने

Advertisement

एनआरएनएले काठमाडौंमा ट्राफिक लाइट, सार्वजनिक शौचालय बनाउन बालेनसँग सहकार्य गर्ने 
काठमाडौं । गैरआवासीय नेपाली संघ (कांग्रेस–एमाले) समूहको प्रतिनिधिमण्डलले काठमाडौ महानगरपालिका मेयर बालेन शाहसँग भेटवार्ता गरेको छ । 

भेटमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी महानगरको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 
 
संघका अध्यक्षमध्येका एक कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको बताउँदै कलंकीमा बनाउन लागेको सार्वजानिक शौचालय सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको बताए । उनले महानगरपालिकाले जग्गा उपलब्ध गराए दुईवटा सार्वजनिक शौचालय बनाउने बताए । 

Advertisement

त्यस्तै फोहोर व्यवस्थापनको निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि जानकारी गराएको संघले बताएको छ । 

भेटमा बालेन शाहले काठमाडौंको कला–संस्कृति, सम्पदा लाई विश्व सञ्जालमा चिनाउन संघलाई आग्रह गरे । उनले कुकुर तिहारुलाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गर्ने बताए । 

संघले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउन, व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको शाहले बताए । 

संघको संस्थापन समूहमा तीन जना अध्यक्ष छन् भने शेष घले समूहको नेतृत्व विनोद कुवरले गर्दै आएका छन् । 

Advertisement

Advertisement