ललितपुरले ल्यायो छ अर्ब ३५ करोडको बजेट, काठमाडौंमा जस्तै कल सेन्टर सञ्चालन गरिने

Advertisement

ललितपुर । काठमाडौं उपत्यकाभित्रको ललितपुर महानगरपालिकाले आउँदो आर्थिक बर्षको लागि छ अर्ब ३५ करोड ३५ लाख रुपियाँको बजेट ल्याएको छ । उक्त महानगरका प्रमुख चिरिबाबु महर्जनले शुक्रबार उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । 

सम्पदा संरक्षण र शहरी सौन्दर्य तथा हरियालीमा जोड दिइएको बजेटमा कालोपत्रे गरिएका सडक जथाभावी खन्न नदिने, काठमाडौं महानगरपालिकामा जस्तै कल सेन्टर सञलन गर्ने, विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गर्ने जस्तो कुराहरु समावेश छन् । 

Advertisement

Advertisement

Advertisement