भुक्तानी सेवामा क्लियरिङ हाउसको नेटवर्क बढ्दै, के हो कर्पोरेट पे ?

Advertisement

काठमाडौं । प्रविधिको विकाससँगै भुक्तानी प्रणालीमा ठूलो परिवर्तन आएको छ । नेपाल राष्ट्र बैंकले पनि नगदरहीत कारोबारलाई जोड दिँदै आएको बेला कोभिड महामारीले झन यसको आवश्यकता र महत्व बढाएको छ । 

पछिल्लो समय मानिसहरु हातहातमा पैसाको कारोबार गर्ने संस्कार छोडेर मोवाइल तथा अरु विद्युतीय उपकरणमार्फत कारोबार गर्ने भइसकेका छन् । पारदर्शी कारोबारका लागि बरु कार्ड वा चेकमार्फत कारोबार गर्ने तर नगदको कारोबार भने घटाउने संस्कृति बढेर गएको छ । यो क्रम शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि सुरु हुन थालेको छ । 
 
विद्युतीय भुक्तानी सेवामा नयाँ नयाँ प्रविधि र नयाँ नयाँ संस्थाहरु जन्मिएका छन । बैंक वित्तीय संस्थाले पनि आफ्नो ढंगले अनलाइन बैंकिङ, क्यूआर, मोवाइल बैंकिङ सेवा प्रदान गर्दै आएका छन् भने वालेट कम्पनीहरुले पनि वालेटहरुको आक्रामक सेवा विस्तारले नगदको कारोबारलाई खुम्च्याउँदै लगेको छ । 

Advertisement

यसरी विद्युतीय भुक्तानी सेवामा आफूलाई अग्रभागमा राख्न सफल भएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) । चेक चेक क्लियरिङ तथा अनलाइन भुक्तानी सेवाहरुमार्फत कम्पनीले विगत केही बर्षदेखि भुक्तानी सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ । विद्युतीय भुक्तानी सेवामा क्लियरिङ हाउसका थुप्रै सेवाहरु छन् जसले सबै वित्तीय कारोबार गर्ने बैंक वित्तीय संस्थाहरुलाई जोड्दै सानो व्यक्तिगत कारोबादेखि सार्वजनिक सेवा क्षेत्रमा भुक्तानीलाई समेत सहजीकरण गरेको छ । 

के हो कर्पोरेट पे ? 
कनेक्ट आईपीएसमार्फत व्यक्तिगत तथा कर्पोरेटदशौं लाख ग्राहकलाई सेवा दिँदै आएको क्लियरिङ हाउस कर्पोरेट पे प्लाटफर्ममार्फत सेवा प्रदान गदै आएको छ । बैंक वित्तीय सस्ंथाका कर्पोरेट ग्राहकले एकै पटकमा ठूलो रकम कारोबार गर्न मिल्नेगरी अनलाइन भुक्तानी सेवा प्रदान गर्दै आएको छ । 

यसमा ३० करोड रुपियाँसम्म (सरकारीबाहेकका अन्य कारोबारमा २० करोडसम्म) कारोबार गर्न सकिने ‘कर्पोरेट पे’ सेवाले बैंकका व्यवसायीक ग्राहकहरुलाई कारोबारमा ठूलो सहयोग गर्दै आएको छ । 

क्लियरिङ हाउसले आफ्नो सदस्य बैंक वित्तीय संस्थाका कर्पोरेट तथा व्यवसायिक ग्राहकहरुलाई लक्षित गरी उपलब्ध गराएको यो डिजिटल प्रणालीबाट रियल टाइम तथा नन रियल टाइम गरी रकम भुक्तानी गर्न सकिन्छ । ठूला, साना, मझौला, घरेलु तथा सबै खाले उद्योग संस्था र प्रतिष्ठानले तथा सरकारी संस्थाले यो प्रणालीमार्फत  नगदरहित कारोबार गर्न सक्छन् ।

यसबाट कर्पोरेट ग्राहकले आफ्नो खाता रहेको बैंकबाट सुरक्षित रुपमा करहरु तिर्न, कर्मचारीहरुको तलब भुक्तानी गर्न, अरु खालका सरकारी वा गैरसरकारी रकम भुक्तानी गर्न सहज हुँदै आएको छ । यसले गर्दा चेक काटेर संस्थाको आधिकारीक व्यक्तिहरुको हस्ताक्षर गराएर बैंकसम्म पुग्नुपर्ने, समय खर्च हुने, चेकमा हस्ताक्षर नमिलेर फिर्ता हुने, जनशक्ति धेरै राख्नुपर्ने अवस्था कम भएको छ । यो प्रणाली संसारको जुनसुकै ठाउँमा बसेर पनि गर्न सकिने भएकाले व्यवसाय गर्ने तथा कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकहरुलाई सहज भएको छ । यसबाट थोकमा गर्नुपर्ने धेरै कारोबारहरु पनि ब्ल्क अपलोड गर्न सकिन्छ ।

कुनै पनि संस्थाकोआधिकारीक व्यक्तिको भौतिक अनुपस्थितिमा पनि भुक्तानी कारोबार गर्न सकिने कर्पोरेट पे मा कर्पोरेट अफिसले आफ्नो आवश्यकताअनुरुप एकभन्दा बढी व्यक्तिलाई आधिकारिक रुपमा प्रणालीको प्रयोग गर्न अनुमति प्रदान गर्न सक्छ । यसमा २० लाख रुपियाँसम्मको भुक्तानी कारोबार रियल टाइम नै गर्न सकिन्छ । तर सरकारी भुक्तानीको हकमा सरकारी खाता भएकै बैंकमा खाता भएमा प्रतिकारोबार रु. एक करोड रुपियाँसम्म रियल टाइम भुक्तानी हुने व्यवस्था गरिएको छ । हतार नभएका भुक्तानी भने नन् रियल टाइममा भुक्तानी हुनेगरी कर्पोरेट पे बाट २० लाखभन्दा धेरै ३० करोड रुपियाँसम्मको भुक्तानी गर्न सकिन्छ । 

यसरी गरिएको भुक्तानीको भौचर निकाल्न तथा डिजिटल अभिलेख तयार गर्न सकिनुका साथै कारोबार गर्दा सेन्डरको तर्फबाट सेवा शुल्क काटिन्छ भने भेण्डर पेमेन्ट फिचर्सबाट पेमेन्ट गरियो भने लाभग्राहीको खाताबाट नै सेवा शुल्क काटिने व्यवस्था छ । 

क्लियरिङ हाउसले कर्पोरेट पे प्रणाली निकै सुरक्षित र भरपर्दो प्लाटफर्म भएको बताउँदै सञ्चालन गाइडलाइन पनि चुस्त गरिएको बताउँदै आएको छ । यस भुक्तानी प्रक्रियामा इनिसियटरले भुक्तानीआदेशको प्रारम्भिक विवरण बनाउँदछ भने अप्रुभरले उक्त कारोबार विवरण ठिक भए नभएको निरीक्षण र अप्रुभ गर्छ । एडमिनले नन फाइनान्सियल काम अर्थात युजर व्यवस्थापन र खाता व्यवस्थापनको काम गर्छ । थप सुरक्षाको लागि यसमा गुगल अथेन्टिकेटरको २ स्टेप भेरिफिकेशनको व्यवस्थासमेत गरिएको छ । साथै, कर्पोरेट अफिसले आवश्यकताअनुसार विभिन्न तहका आधिकारीक व्यक्तिलाई भुक्तानी रकम र किसिमको आधारमा भुक्तानी स्वीकृत गराउन मिल्ने गरी अप्रुभर प्रयोगकर्ताको म्याट्रिक्सको सेटअप गरी कारोबार प्रमाणीकरण गराइ भुक्तानी गर्नसक्छ । 
 

Advertisement

Advertisement