निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा रमेश घिमिरे

Advertisement

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश घिमिरेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चार बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

कोषको सीईओ छनौट तथा सिफारिसका लागि राजस्व सचिव कृष्णहरि पुस्करको संयोजकत्व बनेको समितिले घिमिरेसहित कविराज अधिकारी र रमेश दाहालको नाम सिफारिस गरेको थियो । तीमध्ये घिमिरेलाई नियुक्त गरिएको हो ।

Advertisement

घिमिरेले कोषको सीईओको लागि मात्रै नभएर नेपाल धितोपत्र बोर्डको अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को सीईओ नियुक्ति प्रक्रियामा पनि भाग लिएका थिए । तर बोर्ड र नेप्से दुवैमा उनलाई नियुक्ति नदिएर कोषको सीईओ नियुक्त गरिएको हो ।

घिमिरे यसअघि एनसेलको निर्देशक थिए ।

Advertisement

Advertisement