जगदम्बा सुपर साइन ‘आइएमई नेपाल लोकस्टार-२’ पावर बाई स्पोन्सर

Advertisement

काठमाडौँ । नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ ।

जगदम्बा स्टील्सका महाप्रबन्धक मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालकाबीच काठमाडौं स्थित र्याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो । 

Advertisement

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका बिभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनौट गरिने छ ।

यसैवीच दोस्रो सिजनका लागि निर्णायकहरुको छनौट गरिएको छ । नेपाली लोकसंगीत शिख पुरुष कुमार बस्नेत यसपटक नेपाल लोकस्टारको निर्णायकका रुपमा अनुबन्ध भएका छन् । उमेरले झण्डै ८० बर्ष पुग्न लागेका बस्नेत नयाँ पुस्ताका प्रतिभा तिखार्ने अभिलासा बोकेर लोकस्टारमा निर्णायकका रुपमा अनुबन्ध भएका हुन् ।  

यसैगरी चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर पनि निर्णायकका रुपमा अनुवन्ध भएकी छिन् । पहिलो सिजनमा पनि निर्णायक रहेका रामजी खाँड यसपटक पनि लोकस्टारमा निर्णायककै रुपमा रहने छन् । यस्तै चर्चित लोक दोहोरी गायक कुलेन्द्र बिश्वकर्मा पनि यो सिजनको निर्णायक छन् । 

लोकस्टार सिजन २ लाई फिल्म एवं रियालिटी शोहरुको सफल निर्देशन गरिसक्नुभएका निर्देशक शिमोस सुनुवारले निर्देशन गर्ने छन् भने चर्चित एरेन्जर एवम् संगीतकर्मी आशिष अबिरल संगीत निर्देशकका रुपमा अनुवन्धित भएका छन् । 

चर्चित लोकगायक प्रकाश सपुत कार्यक्रम सञ्चालक एवं ब्राण्ड आइकनका रुपमा रहने छन् । 
 

Advertisement

Advertisement