गायक रामकृष्ण निरौलाको नयाँ  गीत ‘ओए कमला’को म्युजिक भिडियो सार्वजनिक

Advertisement

काठमाडौं । लामो समयदेखि अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक रामकृष्ण निरौलाको नयाँ  गीत ‘ओए कमला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतकार विक्रम  केसीको शब्दरचना र सुनील रोक्काको संगीत रहेको  डान्सिङ शैलीको यस गीतमा गायक निरौलालाइ गायनमा काब्य आचार्यलले साथ दिएकी छिन् । 

Advertisement

लोकप्रिय नायक पुष्प खड्का र मोडेल बिना राउतको अभिनय रहेको  यो भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन । रमणीय स्थल शुभतारत स्कुल लामाटारमा छायाँकन गरिएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।  

भिडियोलाइ  ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । 
गायक निरौलाको यसअघि सार्वजनिक ४० बर्ष अघिको कथामा बनाइएको  ‘काजीको घोडा’ गीतलाई स्रोता दर्शकले निकै मन पराएका थिए । अहिलेको गीतमा पनि त्यतिकै मेहनत गरिएकोले लोकप्रिय हुने उनको आशा छ । 

Advertisement

Advertisement