लोमान्थाङमा गल्फ खेलको लागि सम्भाव्यता अध्ययन
file photo

Advertisement

म्याग्दी । चीन सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका  लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो । 

गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरुप गल्फ खेलेका थिए । लोवथाङमा गल्फ प्रतियोगिता सञ्चालनबारे तयारी भइरहेको विष्टले बताए ।  उपल्लो मुस्ताङको पर्यटन प्रवर्द्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगिता सञ्चालनका लागि आर्थिक वर्ष २०७९/८० मा रु १० लाख विनियोजन गरेको छ । 

Advertisement

गत वर्ष लोवथाङमा प्राविधिक टोली पुगेर अवलोकन गरेको थियो । गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि प्रतियोगिता सञ्चालनको योजना बनाएको प्रदेशसभा सदस्य विष्टले बताए । लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ । त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदान रहेको छ । उक्त मैदान गल्फ खेल्न उपयुक्त भएको खेलाडी र प्राविधिकले बताएका छन् । 

गल्फ खेल्न विभिन्न संरचना निर्माण गर्न थालिएको छ । उक्त मैदानसम्म पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । रासस  

Advertisement

Advertisement