विश्वकप फुटबल हेर्न कतारी राजदूतले अर्थमन्त्री शर्मालाई गरे निमन्त्रणा

Advertisement

काठमाडौँ । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुटबल २०२२ अवलोकन गर्नका लागि आमन्त्रण गरेका छन् । 

आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्दै  कतारमा आयोजना हुन लागेको उक्त प्रतियोगिता अवलोकन गर्न निमन्त्रणा दिएका हुन् । 

Advertisement

अर्थमन्त्री शर्माले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा कतारी राजदूतलाई धन्यवाद दिएका थिए ।  

फिफा विश्वकप फुटबल २०२२ का खेल आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका हुँदैछ ।  

Advertisement

Advertisement