काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०७९–८० के बजेटमा दुई चारवटा व्यवसायिक घरानाको अनुहार देखिएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले बजेट केही घरानाको जस्तो मात्र भएको बताउँदै बजेटका कर कति कति राखौं ? तिमीहरुलाई कति कति चाहिन्छ ? भन्दै सोधेर राख्ने काम भएको बताए ।
ओलीले भने, ‘‘यो त दुई चार घरानाको बजेट भयो । यसमा घरानाको अनुहार देखिन्छ । यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’
बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको भन्दै उनले प्रतिपक्षी को हो र ? कति सीसीटीभी फुटेज देखाउने भन्दै अर्थमन्त्री जनार्दन शर्माले एमालेको अवमूल्यन गरेको बताए । ओलीले यो बजेट देशको बजेट नभएको पनि बताए ।
करका दर फाइनल हुने दिन अर्थसचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ भन्दै तर करका दरहरु बदनियतका साथ र हानिकारक तरिकाले आएको बताए । बजेट भनेको कसैको घरको सम्पत्ति होइन् भन्दै ओलीले अनधिकृत मानिस राखेर चिटिङ गरी अरु उद्योगलाई सुकाउने गरी प्लटिङका साथ बजेट ल्याउने कुराको जवाफ दिनुपर्नेमा उल्ट्र आवाज उठाउनेलाई धम्क्याउने काम भएको बताए ।
बजेट निर्माणको क्रमको अर्थमन्त्रालयको सीसीटीभी फुटेज दिन्न भन्दासम्म थियो, अहिले बदनियतपूर्ण तरिकाले मेटाउने काम भएको छ भन्दै उनले यस्तो कुराले देशको अर्थतन्त्र डामाडोल हुने बताए । ओलीले बजेट निर्माणमा भएको बदमासीको जवाफ दिनुपर्ने र यस घटनाको छानविन हुनुपर्ने बताए । प्रधानमन्त्रीले संसदीय छानविनको कुबल गर्नुपर्ने बताए ।