सर्वोत्तमलाई प्राधिकरणले थप ९ मेगावाट बिजुली दिने: खर्च घटाउने, उत्पादन बढाउने रणनीति

Advertisement

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ  । 

यस सम्बन्धमा उद्योग र प्राधिकरणबीच असार १७ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको हो । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका निर्देशक सच्चिदानन्द यादब र सर्वोत्तम सिमेन्टका कम्पनी सचिव नबराज पौडेलले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता अनुसार सर्वोत्तम सिमेन्टलाई हाल ८ मेगावाट विद्युत प्रदान गरिरहेको मा थप ९ मेगावाट विद्युत प्रदान गरिने छ । यससँगै सर्वोत्तम सिमेन्टले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ  । यसका लागि थप विद्युत प्राप्त गर्नको लागि आवश्यक हुने विद्युतिय सामाग्री तथा ट्रान्सफरमर जडान कार्य अगाडि बढाइएको छ ।  

कम्पनीले आन्तरिक श्रोतको सदुपयोग गर्दै देशभित्र उत्पादित जलविद्युतको खपत देशभित्रै बढाउने सरकारको योजनामा सघाउनुका साथै यसअघि सिमेन्ट उत्पादनका लागि अन्य श्रोतबाट प्राप्त गरिरहेको उर्जाको खपतलाई समेत घटाउन मद्दत पुग्ने विश्वास लिएको छ । 

विशेषगरी यसअघि सिमेन्ट उत्पादनको लागि आवश्यक उर्जा थर्मल, फर्नेस ओयल तथा डिजेल प्लान्टको सञ्चालनबाट प्राप्त गर्दै आएको र ठूलो परिमाणमा डिजेलको खपत हुने गरेकोमा विद्युतीय उर्जा प्राप्त गरेपश्चात यसले डिजेल लगायतका बाह्य श्रोतबाट प्राप्त यस्ता उर्जाको श्रोत खपत कम गर्न सघाउने विश्वास कम्पनीले लिएको छ । यसले उल्लेख्य मात्रामा खर्च घटाउने समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले बताए । 

कम्पनीले सर्वोत्तम ब्राण्डमा हाल दैनिक ३००० मेट्रिक टन क्लिंकर र ३००० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको तथा निकट भविष्यमै २०००÷२००० हजार मेट्रिक टन क्षमता थप गर्ने तयारी गरिरहेको छ । कम्पनी बुक बिल्डिङ विधीबाट सार्वजानिक शेयर (आईपीओ) निष्काशनको तयारीमा समेत रहेको छ ।
 
 

Advertisement

Advertisement