सिभिल बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

Advertisement

उक्त सम्झौता अनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने ब्यबस्था छ । 

यस छुटको सुबिधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख केसीले जनाएका छन् ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म ११५ शाखाहरु १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी रु. ८८ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे जनाएको छ ।  
 

Advertisement

Advertisement