पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको सञ्चादन निर्देशिका जारी

Advertisement

काठमाडौं । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मुल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।

काठमाडौंमा शुक्रवार बसेको मुल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो । प्रतियोगिता पोखरामा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना गर्ने तालिका छ । 

Advertisement

त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले लोगो र मस्कट पनि सार्वजनिक गरिसकेको छ । मुल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज तोकिएको छ भने मुल आयोजक समितिमा २७ सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव नै समितिको सदस्य सचिवको रुपमा रहने निर्देशिकामा उल्लेख गरिएको छ । 

पहिलो बैठकमा विभिन्न खेल संघका पदाधिकारी र तीन विभागीय टोलीको प्रमुखहरुको पनि उपस्थिती रहेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठक आह्वानसमेत गरे । 

यसअघि जेठमा हुने भनिए पनि विभिन्न समस्याका कारण प्रतियोगिताको मिति सारिएको थियो । प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ भने २ वटा खेल प्रदर्शनीको रुपमा आयोजना हुनेछ । बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विभागीय टोली, खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । 
 

Advertisement

Advertisement