आक्रोसित जनताले आफ्नो निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

Advertisement

काठमाडौं । श्रीलंकामा आक्रोसित प्रदर्शनकारीहरुले राष्ट्रपति गोटावाया राजापाक्षेको सरकारी निवासमा घेराउ गरेका छन् । प्रहरीको अवरोध हटाउँदै हजारौं जनताले राजधानी कोलम्बोमा प्रदर्शन गर्नुका साथै राष्ट्रपतिको निवास घेरेका थिए । 

आक्रोसित प्रदर्शनकारीले निवास घेरेपछि राष्ट्रपति निवासबाट निस्किएका हिंडेका थिए । आर्थिक संकटपछि श्रीलंकाका जनता ठूलो मारमा परेका छन् । सोही विरोधमा हिंसात्मक प्रदर्शनदेखि नेतारुलाई खेद्ने कामसमेत गर्दै आएका छन् । त्यही क्रममा शनिबार ठूलो प्रदर्शन भएको हो । 

Advertisement

महंगी र अभावको मारमा परेका श्रीलंकाका जनताले अत्यावश्यक सेवा र उपभोग्य वस्तु पाउनसमेत मुस्किल रहेको छ । संकटको निकासका लागि राष्ट्रपतिले  सरकार परिवर्तन गरे पनि झन समस्या बढ्दै गएको छ । 

श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेको भिडियो फुटेजहरु सञ्चार माध्यमहरुले देखाएका छन् ।

विदेशी मुद्राको सञ्चिती नहुँदा इन्धनलगायतका वस्तुहरु आयात गर्न उसलाई समस्या भएको छ । मुलुकको यो स्थिति आउनुमा राष्ट्रपति राजापाक्षे दोषी रहेको भन्दै प्रदर्शनकारीले पाँच महिनादेखि राजीनामा माग गरिरहेका छन् ।

Advertisement

Advertisement