नागरिक लगानी कोषले बढायो ब्याजदर, साउन १ बाट लागू हुने

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरिएको छ । साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको हो । 

यसअघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढि सहभागीहरुलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसैगरी कोषद्वारा संचालित उपदान, लगानीकर्ता र नार्क वीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने छ । 

Advertisement

उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भए जम्मा गरिने व्यवस्था मिलाइएको छ । 

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा ब्यक्तिगत खाता खोलिएको भए ब्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र ब्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ । 

यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपियाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपियाँ गरी ५१ करोड १२ लाख रुपियाँ प्रदान गर्नुपर्ने हुन आउँछ ।  

Advertisement

Advertisement