विश्वको सबैभन्दा अग्लो स्थानमा होटल स्थापना गरेर विश्व रेकर्ड कायम

Advertisement

काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा होटल खोलेर एभरेष्ट इन प्राइभेट लिमिटेडले विश्व रेकर्ड कायम गरेको छ । पाँच हजार १८० मिटर उचाइमा सोलुखुम्बुको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिक यो होटल स्थापना  भएको हो ।

सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सफल कम्पनीका प्रतिनिधिलाई संस्कृति,  पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रमाणपत्र प्रदान गरे । 

Advertisement

‘वल्र्ड बुक्स रेकर्ड’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र पाएको हो । यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रुपमा गिनिज बुकमा दर्ता गरिएको थियो । यो होटल सन् १९७१ मा खोलिएको थियो । यो होटल तीन हजार ८८० मिटरको उचाईमा अवस्थित थियो ।

Advertisement

Advertisement