चोभार सुख्खा बन्दरगाहबाट निर्यात सुरु, पाँच हजार जुत्ता विदेश पठाइयो

Advertisement

काठमाडौं । अर्बै रुपैयाँ लगानी गरी बनाइएको चोभार सुख्खा बन्दरगाहबाट पहिलोपटक निर्यात सुरु भएको छ । गत चैतमा उद्घाटन भएयता आयातमात्रै भइरहेको बन्दरगाहबाट पहिलो पटक पाँच हजार एक सय ३० जोडी जुत्ता विदेश पठाइएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । 

हालसम्म न्यून मात्रामा आयात भइरहेको बन्दरगाहबाट यो नै पहिलो पटक निर्यात भएको हो । गजुरेलका अनुसार आजदेखि निर्यात सुरु भएसँगै चोभार सुख्खा बन्दरगाहबाट निर्यातको बाटो समेत खुलेको छ । चोभार सुख्खा बन्दरगाहसम्बन्धी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरक्रिया गरेपछि उक्त बन्दरगाहबाट व्यवसायीले निर्यात सुरू गरेका हुन् । यसअघि, उद्योग मन्त्रालयमै चोभार सुख्खा बन्दरगाह चल्न नसक्नुको कारण बारे छलफल भएको थियो । 

Advertisement

Advertisement

Advertisement