केएल दुगडको नयाँ उत्पादन ज्ञान मखाना बजारमा

Advertisement

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । सो समूहले आफ्नो ‘ज्ञान’ ब्राण्डमा ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरु लामो समयदेखि बजारमा बिक्री गर्दै आएकोमा सोही ब्राण्डमा नयाँ उत्पादन बजारमा ल्याएको हो । 

खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठहर्याएको भन्दै केएल दुगडले लिलीफूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको बताएको छ । उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिने उसको भनाई छ । 

Advertisement

मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ । यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिने भन्दै सो समूहले ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा दुई सय ग्राम प्याकमा उपलब्ध रहेको जानकारी दिएको छ । 

Advertisement

Advertisement