व्यवसायी राणाको संगीतमय ‘विकास राणाको गीत यात्रा’ सम्पन्न, ११ वटा म्युजिक भिडियो सार्वजनिक

Advertisement

काठमाडौं । व्यवसायी विकास जंगबहादुर राणाको संगीतमय समारोह ‘विकास राणाको गीत यात्रा’ बुधबार सम्पन्न भएको छ । नेपालको उड्डयन क्षेत्रमाका परिचित व्यक्ति तथा सफल व्यवसायी राणाको उक्त कार्यक्रममा कलाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । 

कार्यक्रममा राणाले प्रत्यक्ष ६ वटा गीत गाउनुका साथै समाजका वरिष्ठ व्यक्तित्वहरू गौरव शमशेर जबरा, उपेन्द्र महतो, शंकर कोइराला, शम्भूजीत बास्कोटा, डा. भगवान कोइराला, जीवा लामिछाने आदिले ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । 

Advertisement

साङ्गीतिक समारोहमा श्रीमती शुष्मा राणाबाट गायक विकास राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’को उद्घाटन गरिएको थियो । च्यानलमा राणाद्वारा गाइएका गीत संगीत हेर्न र सुन्न पाइने छ । उनले आगामी दिनमा पनि गीत संगीतमा सक्रिय रहने बताए । 
 

Advertisement

Advertisement