श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घेद्वारा अन्तरिम राष्ट्रपतिको शपथ ग्रहण

Advertisement

कोलम्बो । भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको सपथ लिएका छन् । श्रीलङ्कामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताएका थिए ।  

Advertisement

औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुगेका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाएका हुन् । संसद्का सभामुख अबेवर्देनाले एएनआईलाई भने, ‘हो, राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ, कानुनी प्रक्रिया अगाडि बढ्नेछ, सदस्यहरूलाई भोलि (राष्ट्रपति चयन गर्न) आमन्त्रित गरिने छ ।” रासस/एएनआई 

Advertisement

Advertisement