ढुकुटी घाटामा गएपछि सरकारको चलाखी, अन्तिम दिन खर्च पाँच अर्बले घटाइयो

Advertisement

काठमाडौँ- शुक्रबार रातिसम्म संघीय सरकारको सञ्‍चित कोष पाँच अर्बले घाटामा पुगेको थियो । घाटामा पुगेको कोषलाई राजस्वले पनि थेग्न नसक्ने स्थिति बनेपछि सरकारले चलाखी गरेको छ। उसले शनिबार नै चालु खर्चको रकम कटौति गरिदिएको छ । 

चालु खर्चमा पाँच अर्ब ३३ करोड रुपैयाँ कटौती भएको छ। यसरी सरकारले गरेको तथ्यांक तोडमोडले सरकारको प्राप्तिलाई बढी देखाउन बल पुगेको छ। चालुमा कटौति भएको समग्र खर्चमा पाँच अर्ब १८ करोडले कमी देखिएको छ। पुँजीगत खर्च पनि १५ करोड रुपैयाँले बढाइएको छ । सरकारले यसरी गरेको 'डाटा म्यानुपुलेसन'ले तत्कालका लागि सञ्‍चित कोषको घाटा पूर्ति भए पनि अन्तिम लेखापरीक्षणमा भने वास्तविक अवस्था देखिने नै छ । 

Advertisement

खर्च तलमाथि भएपछि कोषमा चार अर्बभन्दा बढी मौज्दात देखिएको छ । त्यसबाहेक सरकारले ७७ अर्बको गैरकरलाई पनि बढी देखाएर ८३ अर्ब ७९ करोड रुपैयाँ देखाएको छ । 

 

Advertisement

Advertisement