संसदीय छानबिन :  आज राजस्वका सहसचिव भुपाल बरालमाथि सोधपुछ

Advertisement

काठमाडौँ- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आइतबार अर्थ मन्त्रालयका सहसचिवहरूसँग सोधपुछ गर्ने भएको छ । समितिले आज राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराललगायत सबै सहसचिवहरूसँग समितिले सोधपुछ गर्नेछ । 

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन  समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Advertisement

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरेको थियो । शनिबार नै आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र राजस्व सचिव, अर्थसचिवसँग पनि छलफल गरिसकेको छ। े

Advertisement

Advertisement