कर छुटको नयाँ सीमा: अब कति कमाउनेले कति तिर्नुपर्छ कर ?

काठमाडौँ- साउन १ बाट तपाईंको कमाइबाट सरकारले लिने आयकरमा फेरबदल आएको छ । साउनबाट मासिक रुपमा तिर्दै आउनुभएको आयकरमा फरक आउँछ ।

तपाई अविवाहित हुनुहुन्छ र वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म छ भने अहिलेसम्म तपाईंले एक प्रतिशत सामाजिक सुरक्षा करका लागि वार्षिक ४ हजार रुपैयाँ कर तिर्दै आउनुभएको छ । विवाहितले भने साढे ४ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर तिर्दै आएका छन् । साउनबाट १ प्रतिशत कर तिरेर हुने आम्दानीको सीमा अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा ६ लाख पुगेको छ । यदि तपाई अविवाहित हो भने वार्षिक ५ लाख रुपैयाँसम्म कमाउदा वार्षिक केवल ५ हजार कर तिरे पुग्छ । विवाहित हो भने ६ लाख रुपैयाँसम्म वार्षिक ६ हजार कर तिरे पुग्छ ।

Advertisement

दोस्रो करको सीमा अविवाहितका लागि ७ लाख रुपैयाँसम्मको छ । तपाईंको कमाई पाँच लाख रुपैयाँभन्दा बढी छ भने ५ लाख रुपैयाँभन्दा जति बढी रकम आम्दानी हुन्छ, त्यसमा १० प्रतिशत कर लाग्छ । ५ लाख रुपैयाँमा होइन त्यस भन्दा बढी भएको रकममा मात्र लाग्ने हो । विवाहितको हकमा ६ लाख रुपैयाभन्दा माथि ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर लाग्छ । करको तेस्रो सीमा अविवाहितको हकमा ७ लाखभन्दा माथि १० लाख रुपैयाँसम्मको राखिएको छ । विवाहितको हकमा ८ लाखबाट ११ लाखसम्मको राखिएको छ । अविवाहितको आम्दानी वार्षिक ७ देखि १० लाख रुपैयाँ भएमा ७ लाख भन्दा माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ । विवाहितलाई ८ लाखदेखि माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ ।

साढे ७ देखि थप १३ लाख रुपैयाँ वार्षिक आम्दानी भए बढेको रकममा ३० प्रतिशत कर लाग्थ्यो । त्यो दर यथावत अर्थात ३० प्रतिशत नै कायम छ । तर अब अविवाहितको हकमा १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्छ। विवाहितको हकमा ११ लाखभन्दा माथि २० लाखसम्मको आम्दानीमा ३० प्रतिशत कर लाग्छ।

Advertisement

वार्षिक २० लाख रुपैयाँभन्दा बढी रकम कमाउनेको हकमा तल्लो दायराका कर तिरेर माथिको हकमा ३६ प्रतिशत करको व्यवस्था कायमै छ  । यदि तपाईंले बार्षिक २५ लाख कमाउनु हुन्छ भने अब कुल ५ लाख ३६ हजार रूपैयाँ आयकर तिर्नुपर्ने छ। साउनदेखि सरकारी कर्मचारीको तलब बढेको अवस्थामा आयकरको सीमा छुटको लाभ उनीहरूल बढी लिने देखिन्छ । 

Advertisement