घोराही सिमेन्टले प्रिमियम मूल्यमा ७९ करोड ४३ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने

Advertisement

कठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले ७९ करोड ४३ लाख रुपियाँको आईपीओ निष्काशनका लागि हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरकेो छ । आईपीओ निष्काशनका लागि हिमालयनले नबिल बैंकिङ लिमिटेडसँग सहकार्य गर्ने जनाएको छ । 

Advertisement

सम्झौता पत्रमा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र घोराही सिमेन्टका संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् । 

२०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरी व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्टले हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । 

त्रिवेणी र बिशाल समूहबाट संयुक्त रुपमा प्रबर्द्धित घोराही सिमेन्ट क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।

Advertisement

Advertisement