प्राइम लाइफको निमित्त सीईओमा निर्मल दाहाल नियुक्त

Advertisement

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल चयन भएका छन् । 

कम्पनीका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल असार मसन्तबाट सकिएपछि आज बिहान बसेको सञ्चालक समितिको बैठकले आजैदेखि लागु हुने गरी दाहाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय भएको कम्पनी सचिव राजनप्रसाद अधिकारीले जनाएका छन् । 

Advertisement

दाहाल कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।    
 

Advertisement