खेलकुद मन्त्रीले गरे मूलपानी रंगशालाको अनुगमन, युद्धस्तरमा काम गर्न निर्देशन

Advertisement

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । 

निरीक्षणका लागि सोमबार बिहान मूलपानी पुगेका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिए ।   

Advertisement

आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री अथकले गुणस्तरियताकालागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।  

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताएका थिए ।  

अनुगमन तथा निरक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरी उनिहरुको हौसला समेत बढाएका थिए ।  
 

Advertisement

Advertisement