Advertisement

काठमाडौं । कर्मा रेसिडेन्सी निर्माण टिमले महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गर्ने जानकारी दिएको छ । सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने भन्दै उक्त समूहले अपार्टमेन्ट निर्माण गर्न लागेको जानकारी दिएको हो । 

व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेन्ट अबको ३ वर्षमा सम्पन्न हुने जनाइएको छ । व्यवसायी तेन्जिङले सुरक्षा र बलियो भवनको पर्याय बन्ने गरेर अपार्टमेन्ट बनाउन लागेको जानकारी दिएका छन् । 

Advertisement

उनले २०१५ को भूकम्पपछि भूकम्प प्रतिरोधी पहिलो भवन बन्न लागेको भन्दै २.५ बीकेएच र ३.५ बीकेएच अपार्टमेन्ट रहने छ । कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ । हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्वीमिङ पुल, जिम र साउना, जगिङ ट्रयाक, मेडिटेशन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि रहने यस अपार्टमेन्ट निर्माणको लागत छ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । 

निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाले करिव १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै छ रोपनी मात्रै जग्गा ओगट्ने बताए । नियम अनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्ने उनको भनाइ छ । 

अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने लक्ष्य राखिएको छ । तीन वटा बिल्डिङमा हुने यो अपार्टमन्टको प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ हुनेछ भने बाँकी १२ तलामा अपार्टमेण्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ । भवनमा १६२ वटा अर्पाटमेन्टहरु हुनेछन् । 

Advertisement

Advertisement