वाणिज्य बैंकहरुमा गत आवमा तीन खर्ब ४० अर्ब निक्षेप थपिंदा चार खर्ब ५४ अर्बले बढ्यो कर्जा  लगानी

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा गत आर्थिक वर्ष २०७८/७९ मा कूल निक्षेप ३ खर्ब ४० अर्बले बढ्दा कर्जा लगानी ४ खर्ब ५४ अर्बले बढेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको छ भने आव २०७७/७८ को असार मसान्त सम्म कूल निक्षेप ४२ खर्ब १ अर्ब थियो । 

Advertisement

त्यसैगरी कूल कर्जा लगानी बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ । आव २०७७/७८ को असार मसान्तसम्म कूल कर्जा लगानी ३७ खर्ब २१ अर्ब थियो । 

अघिल्लो आव र गत आवको तुलना गर्दा निक्षेप भन्दा कर्जा लगानी बढेको देखिन्छ । तर गत आवको जेठ र असार महिनाको तुलना गर्दा भने १ खर्ब ४१ अर्बले निक्षेप बढ्दा कर्जा लगानी १८ अर्बले घटेको देखिन्छ ।  

  

Advertisement

Advertisement