प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलमा १० प्रतिशत छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

आज एक समारोहका बीच बैंकका डिजिटल सेल्स् विभागका प्रमुख भेष ाज धमला र स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

Advertisement

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले स्टार हस्पिटलद्धारा सञ्चालित सेवा मध्य बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ । 

उक्त सम्झौता अन्तर्गत स्टार हस्पिटलमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, स्टार हस्पिटलका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने छन् भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement