श्रीलंकाले आज नयाँ राष्ट्रपति पाउने, टाट उल्टेको देशले कस्तो नेतृत्व पाउला ?

Advertisement

काठमाडौं । श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि बुधबार संसद्मा चुनाव हुँदैछ। गोटाबाया राजापाक्षको राजीनामापछि राष्ट्रपति पदका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलस अलापेरुमा र वामपन्थी दल नेसनल पिपल्स पावर पार्टीका अनुरा कुमारा दिसानायके दौडमा छन्। सत्तारुढ दल एसएलपीपीले विक्रमासिंघेलाई उम्मेदवार बनाएको हो।

उनी राष्ट्रपतिका बलियो दाबेदार हुन् । यद्यपि श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीले विक्रमासिंघले पनि राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्। सत्तारुढ दलकै असन्तुष्ट सांसद दलस अलापेरुमालाई भने विपक्षी दलले समर्थन गरेको छ। अब बन्ने राष्ट्रपतिको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म मात्रै रहनेछ। बाँकी दुई वर्षमा थिलथिलो श्रीलंकाको अर्थतन्त्रलाई त्राण दिनु अबको राष्ट्रपतिको प्रमुख चुनौती हो ।बुधबार हुने चुनावमा २२५ जना सांसदले भोट हाल्नेछन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुनेछ।

Advertisement

श्रीलंकाली संसद्मा सत्तारुढ दल एसएलपीपी १०० सिटसहित सबैभन्दा ठूलो पार्टी हो । त्यस्तै प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) को ५४ सांसद छन्। दलस अलापेरुमालाई विपक्षीका साथै सत्तारुढ दलबाटै पनि समर्थन हुन सक्ने देखिएको छ। त्यसैले विक्रमासिंघे र उनीबीच नै नयाँ राष्ट्रपतिका लागि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। श्रीलंका सन् १९४७ मा स्वतन्त्र राष्ट्र भएको थियो । अहिले त्यसयता कै गम्भीर आर्थिक संकटबाट श्रीलंका जुझिरहेको छ। विदेशी मुद्रा सञ्चिति अभाव र मूल्यवृद्धि अकासिएकाले देशको अर्थतन्त्र खस्किएको हो ।

Advertisement

Advertisement